वीरगञ्ज : मन्त्री नबनाएको भन्दै प्रदीप यादवका समर्थकले जलाए उपेन्द्र यादवको पुत्ला


जनकपुरधाम : पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगन्जमा दुई दिनदेखि प्रदर्शन भइरहेको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीकै असन्तुष्ट पक्षले शनिबार दिउँसो पनि प्रदर्शन गर्‍यो ।

सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए । सांसद प्रदीपका कार्यकर्ताले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।

मोटरसाइकल जुलुस घण्टाघर चोकमा पुगेपछि उपेन्द्र यादवको पुतला दहन गरिएको थियो । शुक्रबार जसपाबाट केन्द्रीय सरकारमा चारजना मन्त्रीले शपथ लिएका थिए । सांसद प्रदीपको योगदानको कदर नभएको समर्थकहरूको भनाइ छ ।

प्रकाशित : २०७८ आश्विन २३, शनिबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ