मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा घोषणा


काठमाडौं : उद्योगमन्त्री नियुक्त भएको दुई दिनमै गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिने भएका हुन् ।

हमालले हिजो बेलुकी कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए । उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्‍यो ।’ हमालले सम्भवतस् आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने छन् ।

प्रकाशित : २०७८ आश्विन २४, आईतवार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ