रेल्वे विधेयक संघीय संसदबाट फिर्ता


काठमाडौं : रेल्वे विधेयक पनि संघीय संसदबाट फिर्ता भएको छ । सोमबार राष्ट्रियसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक २०७६’ लाई फिर्ता गर्ने प्रस्ताव राष्ट्रियसभा र प्रतिनिधिसभाबाट फिर्ता भएका हुन् ।

यसअघि निजामति सेवा विधेयक पनि फिर्ता भएको थियो ।१९ असोजको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक फिर्ता लिने निर्णय गरेको थियो । रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आइपुगेको थियो ।

त्यस्तै निजमती विधेयक पनि प्रतिनिधिसभाको समितिबाट पारित भइसकेको थियो । विधेयक फिर्ता गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ ।

सरकारले निजामती सेवा विधेयक परिमार्जन गर्न चाहेको छ । त्यसमा मुख्य सचिव र सचिवहरूको पदावधी घटाउने सरकारको तयारी छ । नेपाल प्रेस

प्रकाशित : २०७८ आश्विन २५, सोमबार १५:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ