बसको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु


बाँके : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी ८ परुवाखोला नजिकै सोमबार साँझ बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

ना ६ ख ७४८४ नम्बरको बसले राप्ती सोनारीस्थित परुवा खोला नजिकै ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बस काठमाडौँबाट बैतडी जाँदै गरेको थियो ।

ज्यान गुमाउनेमा राप्तीसोनारी ८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेका जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको विरोधमा पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेका थिए। पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन २६, मंगलवार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ