Breaking- नेपालमा बस दुर्घटना, ३२ जनाको मृत्यु


मुगु : मुगुमा भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३२ पुगेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् ।

२४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए ।

मृतकमध्ये चालकको पहिचान खुलेको उनले बताए । मृतक चालक दाबहादुर रावलको पहिचान खुलेको उनले बताए । मृतकहरु मध्ये अधिकाशं रारा नगरपालिकाकै रहेको उनले बताए ।

बसमा सवार ४५ जनामा मध्ये १३ जना घाइते रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनाको नर्सिङहोम नेपालगंजमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

छायाँनाथ रारा नगरपालिका ७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगञ्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे।१ ख ३१६७ नम्बरको बस दु्र्घटना भएको थियो । सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा ३२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । यो दुर्घटनाले देशबासी दुखित बनेका छन् ।

प्रकाशित : २०७८ आश्विन २६, मंगलवार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ