मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा


काठमाडौं : सरकारले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत पछिल्ला सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् । मुगुमा भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३२ पुगेको छ । जसमा १० महिला रहेका छन् ।

२४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए ।

प्रकाशित : २०७८ आश्विन २६, मंगलवार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ