बडादशैं : टीकाको साइत शुक्रबार १०:०२ बजे


जनकपुरधाम : नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार महानवमी पर्व मनाइन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।

देशभर बडादशैंको रौनक देखिएको छ । कोरोनाका कारण गतवर्ष दशैं प्रभावित बनेको थियो । तर यसवर्ष गाउ गाउमा दशैंको चहल पहल देखिएको छ । यसवर्ष मेला समेत लाग्नेछ ।

प्रकाशित : २०७८ आश्विन २७, बुधबार ०७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ