जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बढी बोका ब’लि चढ्यो


जनकपुरधाम : जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २४२ बोकाको ब’लि चढेको छ । बडादसैं अन्तर्गत महाष्टमी तिथिको राति ८:०५ बजेबाट सुरु भएको बोका ब’लि आज बिहान ३:३८ बजेसम्म चलेको थियो ।

बलि चढाउन ४ वटा ठेहा राखेको थियो । प्रत्येक ठेहामा १० जना जनशक्ति परिचालित थिए । प्रतिमिनेट ४० भन्दा बढी बोकाको ब’लि चढेको बताइएको छ । भाकल पुरा भएपछि श्रद्धालुले बोका ब’लि चढाइन्छ ।

सिरहा, महोत्तरी र भारतबाट समेत यहाँ बोका ब’ली चढाउन श्रद्धालु आउने गर्छन् । कोरोना महामारीका कारण गतवर्ष यहाँ मात्र ८ हजार ९६८ बोका ब’लि चढेको थियो ।

गतवर्ष धेरैले बलि चढाउन नसकेकाले यसवर्ष संख्या बढेको महावीर युवा कमिटीले जनाएको छ । अन्य दुर्गा शक्तिपीठहरुमा पनि गत वर्षभन्दा बढी बोका ब’लि चढेको छ ।

प्रकाशित : २०७८ आश्विन २८, बिहीबार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ