बारामा कार र मोटरसाईकल आपसमा ठाेक्किदा २ जनाको मृत्यु


श्याम गुप्ता, बारा : कार र माेटरसाईकल एक आपसमा ठाेक्किदा बारामा दुई जनाकाे मृत्युु भएकाे छ । निजगढ कोहल्बी सडक खण्डमा बुधवार राती साे दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हाे ।

राति करिब ९ः३० बजेकाे समयमा कोहल्बी नगरपालिकामा भएको उक्त दुर्घटनामा परि कोहल्बी नगरपालिका वडा २ बस्ने ३८ वर्षिय पेमा दोर्जे घिसिङ्ग र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटना स्थल मैं मृत्यु भएको थियाे ।

तामागढीबाट कोहल्बी तर्फ गईरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढ तर्फ आईरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुबै जनाको मृत्यृ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले जानकारी दिएका छन् ।

दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन् । कारका चालक कोहल्बी वडा २ बस्ने ४५ वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन् । कारका चालक अधिकारी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने कारमा सवार १८ वर्षिय रोहित पन्डितको टाउकोमा चोट लागेको छ ।

त्यसैगरी कारमै सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ ।
घाइतेहरु सबैको कोहल्बी स्थित जननायक क्लिनिकमा उपचार गरिएको छ ।

प्रकाशित : २०७८ आश्विन २८, बिहीबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ