महोत्तरीमा घरमै पसेर कसले गरे शिलादेवीको ह’त्या ?


जनकपुरधाम : दशैंमा सबै रमाइरहेको बेला महोत्तरीमा एक महिलाको ह’त्या भएको छ । महोत्तरी गाउपालिका ३ मडईकी ४२ वर्षिया शिलादेवी झाको ह’त्या भएको हो ।

घरमा कोही नभएको मौका छोपेर टाउकोमा हथौ’डा प्रहार गरी ह’त्या गरिएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनास्थलमा शिलादेवीको आज आज विहान घरमै बरामद भएको जानकारी दिए ।

ह’त्या कसले र किन गरेको विषयमा केहि खुलेका छैन् । जेठो छोरा भारतको गुजरातमा र कान्छो छोरा मामा घर जलेश्वर पुगेको बेला शिलादेवीको ह’त्या भएको र थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए ।

प्रकाशित : २०७८ आश्विन २८, बिहीबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ