आज विजया दशमी : टीका र जमरा थापेर आशीर्वाद लिने दिन


टुडेखोज, जनकपुरधाम : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी । आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ ।

किम्बदन्ती अनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ । घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

देवीलाई बिहान ८:१९ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ ।

टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका, जमरा तथा आशीर्वाद थाप्ने क्रम जारी रहनेछ ।

प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार ०६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ