दशैंका दिन कुवेतमा एक नेपालीको मृत्यू


दोहा : कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । नेपाली पत्रकार तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन ) कुवेतका उपाध्यक्ष समेत माधब शाहीको मृत्यु भएको छ ।

नेपालमा प्युठान घर भएका ३६ वर्षीय शाहीको बिहीबार कुवेतको जाब्रीयास्थित मुबारक अल कबिर हस्पिटलमा हृदयघातको उपचारको क्रममा असामयिक निधन भएको एनआरएनए कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

प्रवासी परोपकारी पत्रकारितामा सक्रिय शाही एनआरएनएलगायत दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ कुवेत शाखाका सदस्य थिए । उनी लामो समयदेखि कुवेतको एक कम्पनीमा काम गर्दै आएका थिए ।

उनको परिवारमा श्रीमती र दुई छोरी रहेको बताईएको छ ।कुवेतस्थित नेपाली दूतावासले पनि मृत्युको प्रारम्भिक जानकारी आइसकेको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव चांडै स्वदेश पठाउने जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ