जनकपुरमा आज रावणबद्ध गर्ने तयारी


जनकपुरधाम : बडादशैंको आज मुख्यदिन, जनकपुरधाममा हरेक वर्षझैं आज रावणबद्ध गर्ने कार्यक्रम रहेको छ । आज बेलुका ६ बजे पश्चात रावणबद्ध गरिने जनाईएको छ ।

रावणबद्ध कार्यक्रमको तैयारी अहिले गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि जोडतोडले भईरहेको छ । राम मन्दिरका मुख्य पुजारी राम गिरी ज्यूले रावणवद्ध गर्ने जनाईएको छ । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला जलाईने छ ।

कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ । कार्यक्रम हेर्न हजारौं जनकपुरधाम र वरिपरिका गांउघरबाट सर्वसाधारहरुको भिड लाग्ने गर्छ ।

प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ