जनकपुरमा रावण बध र लंका दहन गरियो


जनकपुरधाम । विजयादशमीको अवसरमा जनकपुरधाममा रावण बध र लंकादहन गरिएको छ ।विजयदशमीको अन्तिम दिन शुक्रबार साँझ रावणको प्रतिमा निर्माण गरी ‘बध’ गरिएको हो ।

प्रतिकात्मक रुपमा बनाएको मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लंकादहन गरे । जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, कुम्भकर्ण र मेघनाथको प्रतिमामा आगो लगाइयो । रावण, कुम्भकर्ण र मेघनाथ बध भ एको खुशियालीमा पटाका समेत पड्काइएको छ ।

महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ । गतवर्ष कोरोना महामारीका कारण रावण बध र लंका दहन कार्यक्रम भएको थिएन् । रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा रावण बध कार्यक्रम गरिदै आएको छ ।

प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार २२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ