सामान्य झगडामा पेस्तो’ल निकाल्ने झा पक्राउ


सर्लाही : जिल्लाको बलरा गाउपालिका ३ लक्ष्मीपुरका एक जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय नवनीत झा हुन् ।

विनय झासँग सामान्य झगडा हुँदा नवनीतले पेस्तोल निकालेपछि गाउँलेहरु उनीबाट पेस्तो’ल खोसेका थिए । खोसिएको पेस्तोल र पेस्तो’ल निकाल्ने झालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालले गाउँको सामान्य विवादमा पेस्तो’ल निकाली गाउँलेलाई ताक्ने नवनीतलाई मैग्जिनसहित पेस्तोल नियन्त्रणमा लिइएको जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको छ ।

नवनीतसित गाउँमा झगडा परेका विनय झा चितवनको नारायणघाटमा व्यापार व्यवसाय गर्दै आएका छन् । विनय झाले आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरिसकेको बुझिएको छ ।

प्रकाशित : २०७८ आश्विन ३०, शनिबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ