धनुषा : मोटरसाइकल रुखमा ठोक्किदा २ जनाको मृत्यू


जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आज दिउसो मोटरसाइकल रुखमा ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

बा ४८ प ५५२२ नम्बरको मोटरसाइकल रुखमा ठोक्किदा गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय दिपलाल महरा र सोही ठाउका २१ वर्षीय हरिचन महराको मृत्यू भएको हो । यस्तै स्थानीय लालबाबु पासवान गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सबार थिए । तिब्र गतिमा मोटरसाइकल चलाएको र अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटना भएको छ ।

प्रकाशित : २०७८ आश्विन ३०, शनिबार १९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ