मलेसियामा एक नेपालीको मृत्यु


बैतडी : वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बडिलाशैनी गाउँपालिका ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ ।

ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको

जानकारी अनुसार जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ