प्रदेश २ मा भोली पनि सार्वजनिक विदा


जनकपुरधाम : प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २ गते सार्वजनिक विदा दिएको हो ।

प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ