पूर्वमंत्री अरगरिया भन्छन्- साइकल चोरलाई बचाउन मसाल जुलुस निकालिन्छ


जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं संघीय सांसद उमाशंकर अरगरियाले जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचारीहरुको झुन्ड रहेको बताएका छन् ।

चाडपर्वलाई लक्षित गरी जनकपुरधाममा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अरगरियाले उक्त कुरा बताएका हुन् । उनले भ्रष्टाचार भएकै कारण अख्तियारले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापामारी गरेको बताए ।

साइकल खरिदमा अनियमितता गरेपछि अख्तियारले छापामारी गरेको भन्दै उनले साइकल चोरलाई बचाउन मसाल जुलुस निकालिएको बताए । अख्तियारले छापा मारेपछि मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिइएको उनले बताए ।

उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरुले १८ दिनमा गरेर देखाइदिएको उनले बताए । ‘हामीले मधेश आन्दोलनका क्रममा लागेका २ सय भन्दा बढी मुद्दा फिर्ता गराएको, संविधान संशोधनको प्रकृया शुरु गरायौं’ उनले भने ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका अरगरियाले दुई तिहाईको प्रदेश सरकारलाई अबिलम्ब प्रदेशको नामाकरण गर्न सुझाएका छन् ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ