प्रदेश २ का जिल्लाहरुमा भारी वर्षा जारी, जनजीवन प्रभावित


जनकपुरधाम : प्रदेश २ का जिल्लाहरुमा मुसलाधारे वर्षा जारी छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा विहानैदेखि वर्षा भइरहेको छ ।

वर्षाका कारण घरबाट निस्किने अबस्था पनि छैन् । प्रदेश २ का सबै जिल्लाको जनजीवन प्रभावित बनेको छ । जनकपुरधाम, लहान, बर्दिबास लगायतका बजार सुनसान बनेको बताइएको छ ।

वर्षाका कारण अधिकांश नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ । नदी क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन जरुरी छ । मौसम विभागले भोलीसम्म वर्षा हुने जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ