यौन व्यवसाय बन्द गर्ने प्रधानमन्त्रीको घोषणा


एजेन्सी : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन् । भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने  प्रचलन अन्त्य गर्ने बताएका हुन् ।

सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो । सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो

सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्बन्ध राखेको देखाएको थियो । एउटा प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो, जसमा यसरी यौनसम्बन्ध राख्ने पुरुषको संख्या ३९ प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको थियो ।

सन् २०११ मा गरिएको अन रिसर्चले थाइल्यान्ड र पोर्टोरिकोपछि स्पेन यौन व्यवसायको तेस्रो ठूलो केन्द्र भएको पत्ता लागेको थियो । स्पेनमा यौनका मामिलामा कुनै नियमकानुन छैन । हाल स्पेनमा लगभग ३ लाख महिला यौनकर्मी रहेको अनुमान गरिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार १४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ