महाकाली टापुमा फसेका ५ जनालाई हेलिकप्टरद्वारा उद्धार गरियो


कैलाली : महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका- ९ खल्ला मसेट्टीमा एकै परिवारका पाँचजना सोमबार रातिदेखि फसेका थिए ।

नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सबैको एक/एक गरेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरुले रुखमा चढेर ज्यान जोगाएका थिए । नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई रुखमै रहेको अवस्थामा उद्धार गरिएको हो । मंगलबार दिउँसो नै उनीहरुको उद्धार गर्ने तयारी भएको थियो ।

मौसम प्रतिकुल हुँदा उनीहरु रहेको स्थान सम्म हेलिकप्टर पुन्न नसक्दा ढिला भएको थियो । मौसमकै कारण केही समय हेलिकप्टर धनगढीमै रोकिएको थियो ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ