पूर्वतर्फ सर्‍यो वर्षा‚ प्रदेश २ सहितका स्थानमा आज पनि भीषण वर्षाको सम्भावना


रासस, काठमाडौं : नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ।

गत असोज ३१ गतेदेखि उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भीषण वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ ।

मंगलबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकीमा आज भीषण वर्षाको सम्भावना छ ।

बिहीबारदेखि भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । मौसमविद श्रेष्ठका अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जानेछ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ