कोसी ब्यारेजमा खतरा: रातो बत्ती बालेर ४२ ढोका खोलियो


विराटनगर : सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तरको वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।

बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । कोसी ब्यारेजका ५६ ढोका मध्ये ४२ वटा ढोका खोलिएको बताइएको छ ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सूचित गरेको छ । अहिले प्रदेश नम्बर–१ का पहाडी र तराई क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ