बंगलादेशमा हिन्दूमाथि गरिएको आक्र’मण विरुद्ध काठमाडौंमा प्रदर्शन


काठमाडौं : बंगलादेशमा मुस्लिम समुदायले अल्पसंख्यक हिन्दूहरुमाथि गरेको आक्रमणको विरोधमा काठमाडौंमा समेत प्रदर्शन गरिएको छ ।

हिन्दूवादी संघसंस्थाको अगुवाइमा काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनका सहभागीले ‘बंगलादेशका हिन्दूहरूलाई न्याय देऊ’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

करिब दुई दर्जन व्यक्तिहरू प्रदर्शनमा सहभागी भएका थिए । त्यहांका मिडियाहरुका अनुसार बंगलादेशमा पछिल्लो साता अल्पसंख्यक हिन्दूहरुमाथि बहुसंख्यक मुसलमान समुदायले ज्याद’ती गरिरहेका छन् ।

हिन्दूका मन्दीर तोडफो’ड गर्नेदेखि घरमा आ’गो समेत लगाएको घटनाहरु सार्वजनिक भएका छन् । मुस्लिमको आक्रम’णमा अहिलेसम्म ६ जना हिन्दू धर्माबलम्बीका मृत्यु भएको छ । घटनाको भारतमा पनि विरोध भइरहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ