बाढीपहिरोमा ज्यान गुमाएका परिवारले २ लाख रुपैयाँ राहत पाउने


काठमाडौं : सरकारले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार ०५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ