किसानलाई राहत दिन सरकारसंग डा. राउतको माग


टुडेखोज, जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय आध्यक्ष डा. सिके राउतले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष डा. राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् ।

साथै उनले किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरेका छन् । किसानहरुले धानबाली भित्र्याउने समयमा देशभर परेको मुसलधारे वर्षाका कारण बालीनाली नष्ट भएको छ ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार ०५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ