वीरगञ्ज : हिन्दूमाथि आक्रम’णको विरोध, बंगलादेशी प्रधानमन्त्रीको पुत्ला जलाइयो


पर्सा : हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रम’णको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रम‘ण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफो‘ड तथा आगज’नी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित परिषद तथा हिन्दू समाजका युवाले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो । माईस्थानबाट निस्केको विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागिहरुले हिन्दूमाथीको दम’न बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतं’क बन्द गर, जय श्रीराम लगायतका चर्को नाराहरुले लगाएका थिए । हिन्दूमाथि भईरहेको आक्रम‘ण र मठ मन्दिरमा भईरहेको तोड’फोड तथा आगज’नी नियन्त्रणमा नलिए त्यसको परिमाण भया’वह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनीसमेत दिएका छन् ।

कोणसभामा बोल्दै हिन्दू युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आग’जनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिएका छन् ।

उनले भने, ‘हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानवि’य कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दूलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दूपनि सुतिरहेको छैन ।’

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ