जनकपुर : खानेपानीका हाकिम परे जनमतको जनकारबाहीमा, हिलो दलेर बजार घुमाइयो


जनकपुरधाम : भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेका छन् ।

ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धन’ग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । यसअघि सो कार्यालयमा जनमत पार्टीले तालाबन्दी समेत गरेको थियो ।

आज प्रदर्शनमा सहभागी जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत जनकारवाही गर्ने उनीहरूले चेतावनी दिए ।

कार्यालय प्रमुख कुशवाहालाई हिलो दलेर बजार घुमाउने क्रममा जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ