बेमौसमी वर्षा: २ लाख हेक्टरको धानबालीमा क्षति, २० प्रतिशत उत्पादन घट्ने !


काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो । यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो । निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो ।

बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँगै किसान वर्षभरिका लागि अन्न कसरी जोहो गर्ने चिन्तामा परेका छन् । तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा गरिएको धान खेतीमा क्षति पुगेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

‘डुबान क्षेत्रमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन । २० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।’ मौसममा सुधार भए पनि यति नै धान क्षति भयो भन्ने यकिन तथ्यांक प्राप्त भइनसकेको सञ्जेलले बताए । तथ्यांक संकलन भइरहेकाले क्षतिको पूर्ण विवरण केही समयमा आउने उनको भनाइ छ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ