टुडेखोज, जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदिय दलका प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् ।
संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मती रुपमा चयन गरेको हो । धनुषा क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद साह तत्कालिन राजपा पनि प्रमुख सचेतक थिए ।
प्रदेश २ प्रदेश सभामा लोसपाका १६ सांसद छन् । केहिदिन अगाडी मात्र लोसपा संसदीय दलका नेतामा चुनावी प्रक्रियाबाट जीतेन्द्र सोनल चयन भएका थिए ।