जनकपुरधाम : खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई दुर्व्यव’हार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई बिहीबार शरीरमा हिलो छ्यापेर अर्धन‘ग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए । उनीमाथि दुर्व्यव’हार गर्ने १७ जनालाई आपरा’धिक प्रवेश तथा आपरा’धिक उपद्र‘वसम्बन्धी कसू’रमा अनुसन्धानका लागि हिरास’तमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको छ ।
जिल्ला अदालतबाट उनीहरुलाई ७ दिन हिरास’तमा राख्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध अनुसन्धान शुरु गरिएको छ । अभियो’ग पुष्टि भएमा उनिहरुलाई अधिकतम ४ वर्ष कै’द र ४० हजार रुपैयाँसम्म जरि’वाना हुन सक्ने प्रहरीले जनाएको छ ।