सिके राउतलाई पक्राउ गर्न माग


काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

शुक्रवार माइतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिडिई राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपरा‘धिक कार्यविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रम’ण हुनुले  कानुनको धज्जी उडाएको बताए ।

उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हुन थालेको बताएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर उपमहानगरपालिका-८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्य’वहार गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ