अमेरिकामा एक व्यक्तिमा सुंगुरको मृगौला प्रत्यारोपण गर्न सफल


एजेन्सी : अमेरिकामा डाक्टरहरुले एक व्यक्तिमा सुंगुरको मृगौला प्रत्यारोपण गरेका छन् । अमेरिकी डाक्टरहरुले सुंगुरको मृगौला एक व्यक्तिमा प्रत्यारोपण गर्न सफल भएको बताएका छन् । उनले यो सफलता अंग दानको कमीलाई पूरा गर्ने बाटो खोल्न सक्ने बताए ।

सुंगुरको मृगौला प्रत्यारोपण गरिएको व्यक्ति ब्रेन डेड रहेको जनाइएको छ। यसको मतलब उनी पहिले नै कृत्रिम जीवन समर्थन उपकरणमा थिए र उनको निको हुने कुनै मौका नै थिएन । उक्त मृगौला एक सुंगुरबाट लिइएको थियो, जुन आनुवंशिक रूपबाट परिमार्जित गरिएको थियो, ताकि शरीरले एक बाह्य अंगको रूपमा यो मृगौलालाई अस्वीकार गरोस् ।

यो प्रत्यारोपण अझैसम्म समीक्षा वा प्रकाशित गरिएको छैन । तर विज्ञहरुका अनुसार यो अहिले सम्मको सबैभन्दा विकसित प्रयोग हो । यस्तै परीक्षणहरु पहिले गरीएको छ तर ती अझै मानवमा गरीएको छैन । प्रत्यारोपणको लागि सुंगुरको उपयोग एक नयाँ विचार हैन ।

सुंगुरको मुटुको भल्भ पहिले नै मानवमा प्रयोग गरिएको थियो । सुंगुरको अंगहरु मानव अंगहरुसंग राम्रोसंग मेल खाने जनाइएको छ । न्यु योर्क युनिभर्सिटी लैनगोन हेल्थ मेडिकल सेन्टरका सर्जनहरूले बिरामीको रगतको नलीमा सुंगुरको मृगौला जोडिदिएको जनाइएको । यसलाई शरीरले काम गर्छ वा अस्वीकार गर्छ भनेर परीक्षणको लागि यस्तो गरिएको बताइएको छ ।

दुई दिन आधाको लागि मिर्गौलामा धेरै परीक्षण गरिएको जनाइएको छ । प्रमुख अन्वेषक डा रोबर्ट मोन्टगोमेरीले बीबीसी वर्ल्ड टुनाइट कार्यक्रममा भने, ‘हामीले यो मृगौलाको कुनै मानव मिर्गौला प्रत्यारोपणमा जस्तै गरी गरेका र्छौं । यो मिर्गौला सामान्य रुपमा काम गरिरहेको थियो र शरीरले यसलाई अस्वीकार गर्ने जस्तो देखिदैनथ्यो ।’

डाक्टर मोन्टगोमेरी आफैंले आफ्नै प्रत्यारोपण गरेका छन्। उनले भने,’ प्रत्यारोपणको लागि पर्खिरहेका मानिसहरुको लागि अधिक र अधिक अंगहरुको आवश्यकता छ । यद्यपि उनले यो पनि स्वीकार गरे कि उनको काम विवादास्पद छ ।’ उनले थपे, ‘यस समयमा प्रत्यारोपण बिरामीहरुको लगभग ४० प्रतिशत एक अंग प्राप्त गर्नु अघि संसार छोडेर जान्छ । हामी सुंगुर खानाको एक स्रोतको रूपमा प्रया्ेग गर्छौं । हामी औषधिको उपयोग गर्दछौं, सुंगुरहरुको उपयोग गर्दछु, भल्भको लागि पनि यो केही फरक छ । ‘

युकेमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को लागि काम गर्ने एक मिर्गौला र आईसीयू डाक्टर मरियम खोसरावी ले भनिन्, ‘हामीले जनावरहरुबाट मानवहरुमा अंग प्रत्यारोपणको अध्ययन दशकौंदेखि गरेका छौं । यो रोचक कुरा हो कि यस समूहले यसलाई अगाडि बढायो ।’ एनएचएसमा रक्त र प्रत्यारोपणको लागि एक प्रवक्ताले भने, ‘मानव दाताहरु मिल्नु हाल एक प्राथमिकता हो । यस्तो प्रत्यारोपण एक दैनिक वास्तविकता बनाउनको लागि अझै लामो यात्रा गर्न बाँकी छ ।’

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार ०५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ