महोत्तरीमा ३ हजार ७० हेक्टर धान बालीमा क्षति


महोत्तरी : बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ । जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ ।

बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । संघ र प्रदेश सरकारले नोक्सान व्यहोरेका किसानलाई राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म महोत्तरीका किसानले राहत दिएको छैन ।

`कस्ता किसानलाई कसरी राहत प्रदान गर्ने भन्ने विषयमा हामी अझै अलमलमा छौँ, स्थानीय तहसग छलफल भइरहेको छ,´ कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले भने । मोडालिटी तयार गरेर किसानहरुलाइ राहत वितरण गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ