उत्तर कोरियाली नागरिक पक्रन चीनद्वारा २३ हजार डलर पुरस्कार घोषणा


चीनको उत्तरपूर्वी क्षेत्र जिलिनस्थित जे’ल तोडेर भागेका उत्तर कोरियाली नागरिक झु छियानजियानलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरुले २३ हजार अमेरिकी डलर पुरस्कार घोषणा गरेका छन् ।

झु छियानजियान २०१३ मा अवै’ध रुपमा चीन प्रवेश गरेका थिए । तीन वर्षपछि उनले ठ’गी र अवै’ध रुपमा सीमा पार गरेको लगायत मुद्दामा ११ वर्षका लागि जे’ल सजा’य पाएका थिए । उनी उत्तर कोरियाबाट भागेर चीन पुगेकाले उत्तर कोरियाको देशद्रो’ही सूचीमा परेका थिए

उनी जेलको गेट छेउबाट भागेपछि जिलिन कारागारले उनको खोजीका लागि पुरस्कार घोषणा गरेको हो । अधिकारीहरुका अनुसार उनको बारेमा प्रहरीलाई सूचना दिए मात्रै पनि १५ हजार ६०० अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

जे’लबाट नाटकीय शैलीमा उनी भाग्दै गरेको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ । फुटेजमा उनी प्रष्टसँग नदेखिए पनि नाटकीय रुपमा भाग्दै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा झु कम्पाउन्डको बार नाघेर भाग्दै गरेको दखिन्छ । त्यस क्रममा उनी घरका छतमासमेत चढेका थिए ।

चीनमा ट्वीटर लगायत सामाजिक सञ्जालमा २२ मिलियनले उनलाई अवलोकन गरेका छन् । तर जे’लबाट भागेका अभि’युक्त स्वयं चीनमा चर्चित बनेका छन् । उनी एक अभि’युक्त भए पनि धेरैबाट सहानुभूति पाएका छन् । उनको पक्षमा ह्यासट्याग अभियान नै चलाइएको छ ।

चीनले भने ह्यासट्याग अभियानमा सेन्सर लगाएको जनाइएको छ । चीनले यस्तो घटनाप्रति आपत्ति जनाउँदै सेन्सर लगाएको हो । तीमध्ये केही ह्यासट्याग र सामाजिक सञ्जालबाटै हटाइएको छ ।

अदालतका कागजातहरुका अनुसार २००३ को जुलाइ २१ को रात झु कठिन बाटो हुँदै चीन पुगेका थिए । उत्तर कोरियामा छँदा उनी कोइला खानीमा काम गर्थे । चीनमा जे’ल परेपछि त्यस अवधिमा उनको काराबास सजा’य दुई पटकसम्म कम गरिएको थियो ।

उनले जे’लभित्र रहँदा अनुसाशित भएको, वैचारिक, सांस्कृतिक र व्यावसासिक शिक्षा र श्रममा सक्रिय रुपमा काम गरेको भन्दै उनको सजा’य २०१७ र २०२० मा दुई पटक कटौती गरिएको थियो । यसरी नभागेको भए २०२३ को अगस्टमा उनी रिहा हुन्थे ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ