जनमत पार्टीले मधेसमा मशाल बाले, आफ्ना निर्दोष कार्यकर्तालाई रिहा गर्न माग


जनकपुरधाम : पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ ।

जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्य’वहार गरेको आरोपमा राउतका १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहा गर भन्दै जनमत पार्टीले सिरहाको औरही सहित मधेसका विभिन्न पालिकामा मशाल जुलुश निकालेको हो ।

औरहीमा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए । उनीहरुले भ्रष्टाचारीलाई जेल हाल, निर्दोषलाई नि:शर्त रिहा गर, राउत सरकार मधेस छोड जस्ता नारा लगाएका छन् ।

भ्रष्टाचारको आरोपमा बुधवार कार्यालय प्रमुख कुशवाहालाई राउतका कार्यकर्ताहरुले सर्ट च्यात्नुका साथै हिलो दलेर बजार घुमाएका थिए । सो क्रममा १७ जना पक्राउ परेपछि जनमत पार्टी आन्दोलनलाई निरन्तरता दिएको छ ।

प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ