बारा : प्रदेश २ मा लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)मा प्रवेश गर्नेको लहर चलेको छ । शनिबार बाराको पचतौरा नगरपालिका ६ मा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता लोसपामा प्रवेश गरेका हुन् ।
कांग्रेस, एमाले र जसपा परित्याग गरेका सयौं कार्यकर्तालाई लोसपा संसदीय दलका नेता एवं पूर्वमंत्री जितेन्द्र सोनलले टिका लगाएर पार्टीमा प्रवेश गराएका छन् । आयोजित शुभकामना आदान प्रदान तथा बृह्त पार्टी प्रवेश कार्यक्रममा उनले नवप्रवेशीलाई स्वागत गर्दै योग्यता अनुसार आवश्यक स्थान पार्टीमा दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिसस सभापति नवलकिशोर सिंह, श्याम गुप्ता, पिंकी यादव, हरीनारायण साह परमहंस केशरी, रामचन्द्र सिंह, जय प्रकास साह, सरफुल्लाह अन्सारी लगायत लोसपा नेताहरुको सहभागी रहेको थियो ।