गुडिरहेको बसमा जब आगो लाग्यो…


काठमाडौं : धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

‘गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन,’ डीएसपी भण्डारीले भने, ‘यात्रुका लगेज पनि निकाल्न मिल्ने र सक्नेजति निकालियो । तर, डिकीमा राखिएका लगेज भने निकाल्न सकिएन ।’

वाइरिङ सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । बसको अधिकांश भाग जलेको छ । सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा लागलागी भएको हो ।

प्रकाशित : २०७८ कार्तिक ७, आईतवार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ