डा. सीके राउतद्वारा आन्दोलनको घोषणा, हेर्नुस् पुरा


जनकपुरधाम : आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगज’नी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम दिएको छ ।

यसअघि बाटो निर्माणमा ढिलाइ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धन’ग्न बनाइ हिलो छ्याप्दै जनमत कार्यकर्ताले ४ कात्तिकमा जनकपुर नगर परिक्रमा गराएका थिए । उक्त घट्नामा संलग्न रहेका १७ जनाबिरुद्ध प्रहरीले अपरा’ध उपद्र मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक ७, आईतवार १८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ