काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ, ६ जनासँग भारतीय आधारकार्ड !


काठमाडौं : काठमाडौंमा ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

डिआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत रहेको छ । तर बरामद भएको भारतको आधारकार्ड नक्कली भएको उनको भनाई छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ