लोसपा मजबुत बनाउन पूर्वमन्त्री अरगरिया सक्रिय, जसपाका प्रभावशाली नेतालाई भित्र्याए


जनकपुरधाम : धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ ।

पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् । उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई पार्टी प्रवेश गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय वरिष्ठ नेता एवं पूर्व मन्त्री शरदसिंह भन्डारीको उपस्थितिमा अरगरियाले जनता समाजवादी पार्टी (जसपा)का प्रभावशाली नेतालाई लोसपामा भित्र्याएका छन् । धनुषा क्षेत्र २ का जसपाका प्रभावसाली नेता रामकुमार यादवसहित रन्दिप गोइत, उपेन्द्र यादव, राजेश ठाकुरलगायत लोसपमा प्रवेश गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ