सिरहामा जनमतका नेताको मोटरसाइकल जलाउने युवक पक्राउ !


सिरहा : जनमत पार्टीका नेताको मोटरसाइकल जलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० का ३३ वर्षीय दिपक साह पक्राउ परेका हुन् ।

जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलको स. ४ प. ४३३७ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा साहलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका १० स्थित आफ्नै घरअगाडी पार्किङ गरी राखेको मोटरसाइकलमा गत असोज २६ गते राति आगजानी भएको थियो ।

पक्राउ परेका साहमाथि पीडितले किटानी जाहेरी ईलाका प्रहरी कार्यालयमा दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ