महोत्तरी : एमाले वडा अधिवेशनमा विवाद, समानान्तर कमिटी गठन


महोत्तरी : महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा समानान्तर कमिटी गठन भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी गठन भएका हुन् ।

पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ । केही असन्तुष्ट समूहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए ।

यदि दुवै पक्षमा सहमति नभए पुनः निर्वाचन नै गर्ने तयारी भएको सचिव झाले बताए । महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ