सिरहामा लागुऔ’षधसहित वडाध्यक्ष यादव पक्राउ


जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔ’षधसहित पक्राउ परेका छन् । भारतबाट फर्किदै गर्दा माडरमा चेकजांच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागुऔ’षध बरामद गरेको हो ।

नाइट्रो’भेट १५ पिस ट्याब्ले’टसहित वडाध्यक्ष यादव पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले पुष्टि गरे । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔ’षध बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार २१:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ