महोत्तरीको लोहारपट्टीमा खुल्यो यामहा मोटरसाईकलको शो-रुम


जनकपुरधाम । विश्व प्रसिद्ध तथा युवाहरुको रोजाईमा पर्ने यामहा मोटसाईकलको शो-रुम अब महोत्तरीको लोहरपट्टीमा पनि संचालनमा आएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिकाको मोहारपट्टी बजारमा एक कार्यक्रम बीच यामहा मोटरसाईकलको शो–रुम संचालनमा आएको हो ।

जय माँ भवानी अटो ईन्टरपाईजेज लोहरपट्टीले संचालन गरेको उक्त शो–रुपमा यामाहा कम्पनिका हरेक मोडेलका मोटसाईकल, स्कुटिहरु उपलब्ध हुनेछ । ग्रामिण क्षेत्रका उपभोक्तालाई लक्ष्ति गरि संचालन गरिएको उक्त शो रुमा एउटै छाना मुनि सेल्स, स्पेयर पार्टस् र सर्भिसिङ सेन्टर रहेको जय माँ भवानी अटो ईन्टरपाईजेजका प्रोपराईटर मनिष साहले जानकारी दिए ।

शो–रुमको उद्द्धाटन समारोहलाई सम्बोधन गर्दै यामहा दुई प्राङ्गेका सियो राजु भेटवाल क्षेत्रिले विश्व बजारमा यामहा कम्पनिको लोकप्रियता बढ्दै गएको बताए । भौगोलिक विविधताको हाम्रो देश नेपालका युवाहरुमा यामहा कम्पनिका मोटसाईकलको डिमान्ड बढ्दै गएको बताए ।

शो–रुम ग्रामिण क्षेत्रमा भएपनि एफजेड, आर वन पाँईव, सलुटो , राईजर १२५ सिसि स्कुट्री लगायतका हरेक मोडेलका मोटसाईकल उपलब्ध रहेको प्रोपराईटर साहले बताए । एक्सचेन्स अफर संधै खुल्ला रहेकोको उनले बताए । शहरी क्षेत्रभन्दा आफुहरुले हरेक मोटसाईकलमा बढी छुटको व्यवस्था गरेको पनि बताए ।

प्रकाशित : २०७८ कार्तिक ९, मंगलवार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ