आज बेंगलरुमा नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक बस्दै !


काठमाडौं : नेपाल-भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४ औं बैठक भोलिदेखि भारतको बेंगलुरुमा शुरू हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली बेंगलरु पुगेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए ।

परामर्श समूहको १४औं बैठक विसं २०७६ चैतमा भारतको नयाँ दिल्लीमा गर्ने योजना रहेकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । भारतको तर्फबाट पनि बाह्य मामिला मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त बैठकमा तालिम र क्षमतासम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ