९४ तोला चाँदी सहित शर्मा पक्राउ


मोरङ । जिल्लाको रतुवामाई नगरपालिका ३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदीसहित पक्राउ परेको बताइएको छ ।

पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ