सीताले एकैपटक जन्माइन् चार छोरी, सबै स्वस्थ !


बुटवल । पाल्पाको माथागढी गाउँपालिका १ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् ।

कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारैजना शिशु र आमाको अवस्था सामान्य छ । सामान्यतः दुई-दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ ।

बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको गुरुङले बताए । यसअघि पनि कैयौं महिलाले चार सन्तान जन्माएकी छन् । तर अधिकांशले सन्तान गुमाउनु परेको चिकित्सकहरु बताउँछन् ।

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार १९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ