ट्याक्टरबाट खसेर चौधरीको मृत्यु


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० टोटीका अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको गएराति सु प प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।

बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने क्रममा चौधरी ट्रयाक्टरबाट खसेका हुन् । तत्कालै उपचारका लागि उनलाई कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो ।उपचारका क्रममा राति १२ बजे चौधरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ